२०८३ भाद्र ९ गते मंगलवार
२०८३ भाद्र ९ गते मंगलवार

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेसँगै उनले बहुमत प्राप्त गरेका हुन्। मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। प्रस्तावको विपक्षमा भने एक मत परेको छ।

बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमतीमा थापा नेतृत्वको सरकार बनेको हो। राप्रपाभित्रको आन्तरिक विवादकै बीच नयाँ सरकार गठन भएको थियो।

सरकार गठनका क्रममा राप्रपाले आफ्नै संसदीय दलका नेता थापासहित चार जना प्रदेशसभा सदस्यलाई कारबाहीसमेत गरेको थियो। यसैबीच मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका हुन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।