श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार प्रतिनिधिसभाको बैठकमा रोचक शैलीमा सम्बोधन गरेका छन्।

विशेष समय लिएका सांसद राईले भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’ यति भन्दै उनी आफ्नो सिटमा बसे ।
राईको राेचक छोटो सम्बोधनपछि सभामुखसहित सांसदहरू हाँसेका थिए।

यसअघि मंगलबारको बैठकमा भने राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ कहिले दिने भन्दै सरकारसँग जवाफ मागेका थिए।
आकस्मिक समयमा बोल्दै उनले सभामुखमार्फत सरकार र सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारीबारे प्रश्न उठाएका थिए। ‘सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’ भन्दै उनले गत १० गते उठाइएको विषयको जवाफ अहिलेसम्म नआएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।










