२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

एनपीएल : चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

यससँगै सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ । चितवन भने दोस्रो क्वालिफायरबाटै बाहिरिएको छ ।

सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले अविजित अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाए । दबाबपूर्ण अवस्थामा उनको ब्याटिङले टोलीलाई जितसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

त्यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन जोड्दा आरिफ शेखले १० रन बनाए । ईशान पाण्डेले १० र फाबियन एलेनले ५ रनको योगदान दिए । दीपक बोहरा शून्य रनमा अविजित रहे ।

चितवनका लागि रञ्जित कुमारले २ विकेट लिए । कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाएका थिए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित अर्धशतक बनाए । सलाउद्दिन खानले १८ रन र कमलसिंह ऐरीले १० रन जोडेका थिए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ३ विकेट तथा थारिन्दु रत्नायकेले २ विकेट लिएका थिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १–१ विकेट हात पारेका थिए ।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि भिडन्तमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले उपाधिका लागि शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

चितवन राइनोज भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।