२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ ।

संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा सरकारले गत २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग उनको सम्पर्क देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि थियो ।

इनम पक्राउ परेपछि उनको मोबाइलमा एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमसँगको सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो । घटनाको छानबिन गर्ने जिम्मेवारी एआईजी अञ्जनीकुमार पोखरेललाई दिइएको थियो ।

छानबिनपछि प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो ।

जबरालाई पक्राउ गरेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा पुगेर भेटेको विषयसमेत सार्वजनिक भएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।