२०८३ मंसिर ६ गते शनिबार
२०८३ मंसिर ६ गते शनिबार

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ ।

कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । 

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो ।

पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।

लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ ।

सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।