२०८३ मंसिर १२ गते शुक्रबार
२०८३ मंसिर १२ गते शुक्रबार

विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।

 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र मुकुलले बिहीबार विवाह गरेका हुन् । उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ । विवाहका लागि मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।

निशा र मुकुलको सम्बन्धबारे रास्वपाभित्र पनि बेलाबेला चर्चा हुने गरेको थियो । पार्टीमा रहँदा उनीहरूको सम्बन्ध चर्चामा आउने गरे पनि दुवैले आफ्नो प्रेम सम्बन्धलाई निरन्तरता दिएका थिए ।

पार्टी नेतृत्वसँग असहमति जनाउँदै विद्रोह गरेका मुकुललाई पछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । उनी अहिले पार्टीमा आबद्ध छैनन् । निशा भने रास्वपाकी सहमहामन्त्रीका साथै प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा छिन् ।

राजनीतिक उतारचढाव र पार्टीभित्रको विवादका बाबजुद पनि आफ्नो प्रेम सम्बन्धलाई निरन्तरता दिएका उनीहरूले अन्ततः विवाहमार्फत नयाँ जीवनको सुरुवात गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।