नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्टार क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका हुन् ।
रोहितले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग लगनगाँठो कसेका हुन् । उनले आफ्नो विवाहका तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै वैवाहिक जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् ।

विवाहका तस्बिरसँगै रोहितले भावुक सन्देश पनि लेखेका छन् । उनले लेखेका छन्, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ । सधैँभरि सँगै रहने वाचासहित ।’











