२०८३ मंसिर १२ गते शुक्रबार
२०८३ मंसिर १२ गते शुक्रबार

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, के भयो कुराकानी ?

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

आज बिहीबार सभापति रविको निवास बूढानीलकण्ठमा पाँच घण्टा लामो आत्मीय तथा सौहार्दपूर्ण भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र भ्रमणका क्रममा हासिल भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यसैगरी, आगामी निर्वाचन तथा निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान र सरकारका कामकारबाहीका विषयमा दुवैबीच विस्तृत छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन, सरकारका गतिविधि, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत कुराकानी भएको थियो ।

भेटवार्तामा पार्टीको भावी रणनीति, सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयहरूमा दुवै नेताबीच आत्मीय तथा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको बताइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।