संबिधान संशोधन गर्न नहुने कारण पेश गर्न एमालेलाई पौडेलको चुनौती ।

0
230

बनेपा,  ९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले संविधान संशोधनको प्रस्ताव रोक्न खोजे प्रतिपक्षीलाई ठूलो नोक्सानी हुने बताउनु भएको छ ।
काभ्रेको कुन्ताबेँसीमा बुधबार आयोजित आमसभामा उहाँले एमालेलाई लक्षित गर्दै ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम नगर्न सुझाव दिनु भयो । नेता पौडेलले विगतमा जसरी प्रमुख तीन राजनीतिक दलको सहमतिमा नयाँ संविधान जारी गरेर गर्व गरिएको थियो त्यसरी नै संविधान कार्यान्वयन गरेर गर्व गर्ने ठाउँ राख्नुपर्नेमा जोड दिनुभयो ।

बिश्व समुदायलाई चकित पार्दै नेपालको समस्या हल गर्न पनि प्रमुख राजनीतिक दल मिल्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।