योग गर्नु स्वास्थ्यका लागि लाभ दायक : राष्ट्रपति भण्डारी ।

0
246

वीरगन्ज, ९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताउनु भएको छ । योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने धारण राख्नु भयो।

स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको छ ।

सो अवसरमा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान पनि गर्नु भएको थियो । पाँचहजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराउनुभएको थियो ।