२०८३ असार ३० गते मंगलवार
२०८३ असार ३० गते मंगलवार

संसद सुरु भएकै दिन अध्यादेश पेस गरिने, माघ महिनाको क्यालेण्डर तयार

सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद सुरु भएकै दिन पेस गरिने भएको छ ।

आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राष्ट्रिय दलका सचेतकहरुसँग छलफल गरेका हुन् ।

संसद्को हिउँदे अधिवेशनको तयारीबारे छलफल थालेका सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा सहभागी रहेका छन् । आइतबार पनि सभामुख घिमिरे छलफल गरेका थिए । उनले सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।