मंसिर १३ काठमाडौं । पर्यटन व्यवसायी एवं समाजसेवी अक्कलबहादुर तामाङ एजुकेसन लिडरसीप अवार्डबाट सम्मानित भएका छन् । रोटरी क्लब अफ काठमाण्डौं कपनले उनलाई हालै उक्त अवार्डबाट सम्मान गरेको हो । केही हप्ताअघि उनी अन्तर्राष्ट्रियस्तरको हृयुमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका थिए । अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो । त्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयंसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन अफ भोलेन्टियर सेन्टरले पनि भोलेन्टियर अफ दी इयर २०१६ बाट सम्मान गरेको थियो । उनले बालबालिकालाई शिक्षाका साथै भूकम्पपीडितलाई पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले आफुले गरेको कामको प्रसंशा गर्दै सम्मान दिनुले समाज सेवा प्रति आफु अझै उत्साहित भएको तामाले सञ्चारखवरलार्य बताएका छन् ।