२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’ का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै आन्तरिक हवाई उडान कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई यात्रीका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नुपर्ने माग पनि गरेको छ । प्लानिङ वर्कसप तथा फेलोसीप कार्यक्रमबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमको सूची निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ । लुम्बिनी प्रदेश पर्यटन परिषद्का सदस्य माधव नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यशाला तथा फेलोसीप कार्यक्रमबाट ५० ट्राभल व्यवसायीको सहभागितामा विभिन्न विषयगत समिति पनि गठन गरिएको जनाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।