धनुषाको एउटा विद्यालयका प्रधानाध्यापक र राहत शिक्षकबीच पेश्की रकम विवादमा कुटाकुट भएको छ।
कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच पेश्की रकम माग बमोजिम दिने र लिने काम नहुँदा विवाद चर्किएपछि हात हालाहालमा पुगेको थियो।
रोहितले पेश्की रकम ५० हजार माग गरेका थिए तर प्रधानाध्यापकले २५ हजार मात्र दिने भएपछि विवाद भएको थियो।
उक्त विवाद र कुटाकुटका कारण विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ।
