विचार गर्नुहोस्, फोन र एयरफोनले गुम्ला श्रवणशक्ति

0
382

काठमाडौं, २० फागुन । तपाईँ फोनमा घण्टौं कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को अवाजमा गीत सुन्नुहुन्छ ? बेलैमा सचेत हुनुस् श्रवणशक्ति गुम्ला ! यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ ।

उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी (नाक, कान घाँटी) विभागको कान रोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्रधानांगका अनुसार कानको समस्या लिएर आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ।

‘सुरुमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ’, उनले भने। प्रधानांगका अनुसार घण्टौं मोबाइल फोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्को फ्रिक्विन्सीमा संगीत सुन्नुे युवामा यस्तो समस्या पाइएको छ। ‘उनीहरुले दैनिक ८ देखि १० घण्टासम्म फोनमै कुरा गरेको अध्धयनबाट देखिन्छ।