काठमाडौं, २१ फागुन । गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा इच्छा विपरीत जबरजस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने र महिला, बालबालिका सहित बटुवालाई दुःख नदिन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले विज्ञप्ती जारी गर्दैै, फागुमा यस्तो हर्कत नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध समेत गर्नुभएको छ ।
मन्त्रालयको सूचना विपरीत कसैको इच्छा/स्वीकृति बिना रङ दल्ने र लोला हान्ने काम गरेमा कारबाही हुने विज्ञप्तीमा उल्लेख छ । यो वर्ष पहाडी जिल्लामा आउँदो २९ गते र तराईका जिल्लामा ३० गते फागु पूर्णिमा मनाइँदैछ ।