कस्ती देखिएलीन फाटेको जुत्तामा नायिका प्रियंका कार्की

0
642

काठमाडौं, २० फागुन । हालै ‘बटरफ्लाई’ नामक चलचित्रको छायाँकन सकाएर बसेकी प्रियंका कार्की नयाँ चलचित्रमा अनुबन्धित् भएकी छिन् ।

निर्माता अर्जुन कुमारले निर्माण गर्ने लागेको चलचित्र ‘फाटेको जुत्ता’मा प्रियंका अनुबन्धित् भएकी हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नयाँ चलचित्रको स्क्रिप्ट भन्दै जानकारी दिएकी थिइँन् ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गर्ने भएका छन् भने स्क्रिप्ट भने निरोज महर्जनको रहेको छ । बुझिएअनुसार प्रियंकासँग सौगात मल्ल अपोजिट देखिँदैछन् । चलचित्रमा स्टार कलाकारहरु रहने बताइएपनि पत्रकार सम्मेलनमप्रसमिट गरेर मात्र जानकारी दिने भनिएको छ ।