काठमाडौँ । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार कमलेशकुमारमाथि अनुसन्धान अघि बढेको छ ।
