२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा निलडाम र चोटपटक रहेका छन् । उनलाई कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

दिनभर कालीमाटी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी राति साथीहरूसँग समूहमा बस्ने गर्थे । बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।