कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा निधन

0
652

काठमाडौँ, ३ चैत  एजेन्सी ।  कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ ।

“संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८.३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ ।

सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता हुनुहुन्थ्यो । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उहाँ केन्द्रीय कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।

सन् १९९८ देखि उहाँ कम्बोडियोको मन्त्री हुनु भएको थियो भने सन् २००४ मा पदोन्नति भई उहाँ उपप्रधानमन्त्री बन्नु भएको थियो ।