मधेसी मोर्चाले निर्वाचन–असहयोग आन्दोलन गर्दै

0
296

काठमाडौं, ४ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसका जिल्लामा निर्वाचन–असहयोग आन्दोलन गर्ने भएको छ । संविधान संशोधनविना चुनाव हुन नसक्ने भन्दै आन्दोलन थालेको मोर्चाले निर्वाचन–असहयोग आन्दोलन गर्न लागेको हो ।

शुक्रवार स्थानीय तहका साइन बोर्ड हटाउने, निर्वाचन आयोगका कार्यालयलाई काम गर्न रोक्ने तयारी गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। ‘जिल्ला जिल्लाबाट स्थानीय तहका बोर्ड हटाउनेछौं’, सुमनले भने, ‘निर्वाचन आयोगलाई पनि काम गर्न दिने छैनौं ।’

संविधान संशोधन लगायतका माग सम्बोधन नभएसम्म कुनै हालतमा हामी चुनाव गर्न नदिने उनको भनाइ छ । मोर्चाले संविधान संशोधन गरेर मात्र चुनाव गर्न माग गर्दै आएको छ ।