२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

स्याङ्जाका बिरामीहरूका लागि केएमसीमा निःशुल्क स्वास्थ्य सेवा, कसरी लाभ लिन सकिन्छ ?

काठमाडौं । स्याङ्जाका आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि एउटा सुखद अवसर आएको छ । संघीय सांसद एवं वरिष्ठ अधिवक्ता धनराज गुरुङको विशेष पहलमा काठमाडौँ मेडिकल कलेज (केएमसी) का प्रोपाइटर तथा सांसद डा. सुनिल शर्माले स्याङ्जाका विपन्न बिरामीहरूको लागि निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् ।

यस योजनाअन्तर्गत, यही चैत्र ४ गते काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा अप्रेसन चार्ज, बेड चार्ज, रगत परीक्षण, सिटी स्क्यान, एमआरआई लगायत सम्पूर्ण सेवाहरू निःशुल्क प्रदान गरिनेछ। बिरामीहरूले औषधि, औषधिजन्य सामग्री तथा खानाको व्यवस्था भने आफैं गर्नुपर्नेछ ।

कसरी लाभ लिन सकिन्छ ?
स्याङ्जाका विपन्न बिरामीहरूले स्थानिय अस्पतालबाट जाँच गराई, यदि शल्यक्रिया आवश्यक परेमा वा थप उपचारका लागि अस्पतालमै भर्ना गर्नुपर्ने भएमा त्यहाँबाट रिफर लिई आउनुपर्नेछ । साथै, स्वास्थ्य बीमामा आबद्ध बिरामीहरूले बीमाको रिफर कागजात पनि अनिवार्य रूपमा ल्याउनुपर्नेछ । स्याङ्जाका विपन्न बिरामीहरूको सहज उपचारका लागि धनराज गुरुङको सचिवालयले समन्वय गर्नेछ ।

थप जानकारीका लागि:
 सम्पर्क व्यक्तिः भुपराज बस्याल
 सम्पर्क नम्बरः ९८५१११०८५०

स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा  धनराज गुरुङ लामो समयदेखि सक्रिय छन् । जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई जीवनरक्षाको अवसर दिलाउने काम गरेका छन्।

यस्तै, डा. सुनिल शर्मा स्वास्थ्य सेवामा सामाजिक उत्तरदायित्वको उदाहरणीय पात्र बनेका छन् । उनले*पूर्वी नेपालदेखि सुदूर पश्चिमसम्म विशेषज्ञ चिकित्सकहरूसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हजारौँ बिरामीलाई उपचार उपलब्ध गराएका छन् । उनलेअपरेसन, गम्भीर रोगको उपचारदेखि मिर्गौला प्रत्यारोपणसम्म निःशुल्क सेवा प्रदान गर्दै आएका छन् । सांसद भए पनि उनले राज्यबाट कुनै तलब सुविधा नलिने घोषणा गरेका छन् र सधैँ जनताको आवाज संसदमा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छ ।

यस योजनाले स्याङ्जाका कुनै पनि विपन्न बिरामीले आर्थिक अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य राखेको छ । यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने र अन्य क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।