बझाङ, ७ चैत्र । बझाङको चौधारा, शैनपसेला र लेकगाउँका धेरै बासिन्दाले अहिले पनि ढिके नुन प्रयोग गर्दै आएका छन् । आयोडिनयुक्त नुन महंगो भएको तथा नुनको डिपो गाउँभन्दा पर रहेकाले यहाँका बासिन्दा ढिके नुनकै भरमा छन् ।
गर्भवती महिला पनि ढिके नुन नै खान बाध्य छन् । आयोडिनयुक्त नुन किलोको ३० देखि ३५ रुपैयाँ पर्ने भएपछि धेरै गाउँलेले ढिके नुन नै किन्ने गरेका छन् ।
ढिके नुन किलोको १५ देखि २० रुपैयाँमा पाइने गरेको छ । चौधारी, शैनपसेला तथा लेकगाउँका बासिन्दाले नुनको डिपो गाउँ नजिकै राखिदिए आफूहरुले पनि आयोडिनयुक्त नुन प्रयोग गर्ने पाउने भन्दै डिपो स्थापनाका लागि माग गरेका छन् ।