प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर नेपाल फिर्ता

0
733

काठमाडौं, १५ चैत्र । साताव्यापी चीन भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किनु भएको छ । बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल १० चैतमा चीन गएको थियो । प्रधानन्त्री  चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेका गर्नु भएको थियो । उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए ।

बेइजिङबाट अस्ति तिब्बत पुग्नु भएका प्रधानमन्त्रीले हिजो तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गर्नु भएको थियो । त्यस क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँले गत वर्ष गएको भूकम्पले अवरोध भएको नाका खुलाउनका लागि सडकको सुधार गर्ने तयारी भइरहेको यिङचियले जानकारी गराउनुभयो । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाशशरण महत, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, परराष्ट्र सचिव शंकरदार बैरागीलगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।