काठमाडौँ । थापाथलीस्थित सडकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।
सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरीले जनाएको छ ।
नगर प्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो ।