दलीय चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्ति आन्दोलनमा

0
623

काठमाडौं, २० चैत्र । नयाँ शक्ति पार्टी नेपालले आजदेखि निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ । नयाँ दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दबाब दिन भन्दै नयाँ शक्तिले आजदेखि निर्वाचन आयोग सहित निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागेको हो ।

गएको बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर नयाँ शक्तिले ऐन संशोधनका लागि ४८ घन्टाको अल्टिमेटम दिएको थियो । अल्टिमेटमको समय सकिएकाले आज र भोली निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागिएको नयाँशक्तिले विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिको आरोप छ । नयाँ शक्तिले,  दलकै चुनाव चिह्नबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको छ ।