२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

घरबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । संगठित रूपमा सहकारी ठगी गरेको आरोप लागेका लामिछानेलाई उच्च अदालत बुटवलको इजलासले थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई घरमै गएर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आज काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिनेछ । भोलि मात्रै उनलाई भैरहवा लग्ने तयारी गरिएको छ । शुक्रबार उच्च अदालत बुटवलले थुनामा पठाउने आदेश गरेलगत्तै बुढानीलकण्ठस्थित लामिछानेको निवासमा प्रहरीको टोली पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेपछि उनी उच्च अदालत पुगेका थिए । तर, उच्च अदालतले थुनामा पठाउन आदेश दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।