करिश्माका पूर्वपतिले गरे तेस्रो विहे

0
333

एजेन्सी, २ बैशाख । बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वपति संजय कपूरले बिहिबार दिल्लीमा प्रिया सचदेवसँग बिहे गरेका छन् । संजयको यो तेस्रो विहे हो ।भारतीय मिडियाका अनुसार उनीहरुले अदालति बिहे गरेका हुन् । उनीहरुले न्यूयोर्कमा वैवाहिक समारोह तथा रिसेप्सन आयोजना गर्नेछन् ।

संजय र प्रियाको पहिलो भेट न्यूयोर्कमा नै भएको थियो । उनीहरु करिब ५ वर्षदेखि डेटमा थिए । होटल मालिक विक्रम चटवालकी पूर्वपत्नी हुन् प्रिया । करिश्मा भन्दा अगाडि संजयले डिजाइनर नन्दिता महतानीसँग बिहे गरेकी थिइन् । नन्दितासँग पारपाचुके गरेको १० दिनपछि नै उनले करिश्मासँग बिहेको घोषणा गरेका थिए ।

उनीहरुबीच २९ डिसेम्बर, २००३ मा बिहे भएको थियो । संजयसँग डिभोर्स गरेपछि करिश्मा मुम्बईमा रहेको फर्मा कम्पनीका सीइओ सन्दीप तोशनीवालसँग डेड गरिरहेकी छिन् । हाल उनी बाबु रणधिरकपुरसँग बस्छिन् । उनका दुई बच्चा छन् ।