अमेरीकाले भन्यो ,निर्यात बढाएर शुन्य भन्सारदरको भरपुर उपयोग गर

0
419

काठमाडौ ८ बैशाख शुन्य भन्सारमा बजार पहुँचको ब्यापार बढाएर लाभ लिन अमेरिकाले नेपाली पक्षलाई आग्रह गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागी अमेरिकी राजदुत एलाइना टेप्लिजले ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गतका ६६ नेपाली उत्पादनको निर्यात प्रवर्धन गर्न नोपली पक्षलाई आग्रह गरेकी हुन् ।
अमेरिकी संसदले सन् २०१६ मा पारित गरेको ‘द ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट’ अन्तर्गत अमेरिकाले नेपाललाई ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ उपलब्ध गराएको हो। जसमा गलैंचा, शल, स्कार्फ, लगेज ब्याग, हाते झोला, कम्बल, टोपी, पञ्जा लगायत नेपाली उत्पादनले सन् २०२५ को डिसेम्बरसम्म बिना भन्सार अमेरिकी बजारमा प्रवेश पाउनेछन्।

सुविधा प्राप्तिका लागि सूचीमा रहेको उत्पादन तेस्रो मुलुकको बजार प्रकृयामा प्रवेश नगरि नेपालबाट सोझै अमेरिका निर्यात भएको हुनुपर्ने जनाइएको छ। उक्त वस्तु नेपालमा उत्पादन हुन अनिवार्य छ साथै कम्तिमा ३५ प्रतिशत मूल्य अभिबृद्धि पनि हुनै पर्ने व्यवस्था गरिएको छ।

नेपालबाट हुने कुल निर्यात मध्ये १२ दशमलव ३ प्रतिशत अमेरिका जाने गरेको छ। सन् २०१६ मा नेपालबाट आठ करोड ९० लाख ९झन्डै ९ अर्ब रुपैयाँ अमेरिकी डलरका सामान निर्यात भएका थिए। गलैंचा, पश्मिना सल लगायत उत्पादन नेपालबाट सबैभन्दा बढी अमेरिका निर्यात हुने बस्तु हुन्।