निर्वाचन अधिकृतले काम थाले

0
295

भद्रपुर, ९ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापा एक जना मुख्य निर्वाचन अधिकृतसहित १५ जना आआफ्ना कार्य क्षेत्रमा पुगेका छन् ।

भद्रपुर नगरपालिकाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन पाण्डेले जिल्ला समन्वय समितिको कार्यालयको माथिल्लो तलामा आ–आफ्ना कार्य सञ्चालन गरिसक्नुभएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरका प्रमुख गोपाल आचार्यले बताए ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा मतदानस्थल दुई सय ८३ र मतदान केन्द्र छ सय ३७ कायम गरिएको र सोहीअनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ ।