२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

रामबहादुर बम्जनले उच्च अदालतबाट पाए सफाइ

बाल यौन दुराचारको मुद्दामा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरले बाल यौन दुराचारको मुद्दामा बम्जनलाई सफाइ दिएको हो ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो ।

अदालतले चैत ६ गते नै बम्जनलाई सफाइ दिएको उच्च अदालत जनकपुरका उपरजिष्ट्रार सुशिल यादवले जानकारी दिए ।

अदालतले सफाइ दिएसँगै उनलाई चैत ७ गते कारागारमूक्त गरिएको उनले बताए । बम्जनसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको उनले बताए ।

उक्त फैसलाको पूर्ण पाठसमेत सार्वजनिक भइसकेको छ । अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन् ।

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनन २०८० पुस २४ गते पक्राउ परेका थिए । बमजनले आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप लागेको थियो । बम्जनमाथि बिभिन्न जिल्लाका केही मानिसलाई वेपत्ता पारेको आरोप समेत लागेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।