२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

कक्षा १२ को परीक्षा स्थगित भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना

काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा सूचना प्रेषित भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’ मा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ ।

तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन् । बोर्डले आधिकारिक सूचना समेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।