काठमाडौंको मेयरमा जेनिशा, किशोर र रञ्जुको उम्मेदवारी

0
572

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहलपहल बढेकोे छ । विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयरमा एक नम्बरमा जेनिशा भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छिन् ।

ठला दलका कार्यकर्ताहरुको भने चहल–पहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।