२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

प्रिशा मृत्युबारे भारतीय विदेश मन्त्रालयले भन्यो–हामी निरन्तर समन्वयमा छौं

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको विषयमा भारतीय विदेशमन्त्रालयले दुःख व्यक्त गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी गर्दैै मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्क र समन्वयमा रहेको बताएको छ ।

ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ । ‘विदेश मन्त्रालयले यस दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनेको छ, ‘ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

त्यस्तै मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक सरकारले लिएको उल्लेख गरेको छ । ‘भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, संरक्षण र हितलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार तथा केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छौं ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।