काठमाडौं, २४ बैशाख । प्रधानन्यायाधीश शुशिला कार्की आजबाट नियमित काममा फर्किएकी छिन् । सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन दिएको आदेश लगत्तै शुक्रबार नै अदालत पुगेर हाजिर गरेकी कार्की आजबाट नियमित जिम्मेवारी सम्हाल्ने गरी काममा फर्कएकी हुन् ।
कार्की आज बिहान ९ बजेर ३० मिनेट जाँदा अदालत पुगकी छिन् । कार्कीको अदालत प्रवेशसँगै कार्की लिनम्बनमा परेपछि कार्यबाहक सम्हालेका वरिष्ठ न्यायाधीश गोपाल पराजुली भने आज अदालत उपस्थित भएका छैनन् । पराजुली विदामा बसेका छन् । प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै कार्कीले भने न्यायाधीशहरुको इजलास तोकेको बताईएको छ ।