२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

ललितपुरमा भयानक कार दुर्घटना : बिजुलीको पोल भाँच्चियो, ३ जना घाइते

 ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा ११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएर भयानक दुर्घटना भएको छ। आइतबार राति सवा ११ बजे आसपास बा १५ च ७६५२ नम्बरको बिजुलीको पोलमा ठोक्किएको हो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेको छ । जसका कारण त्यस क्षेत्रको यातायात आवागमन बन्द गरिएको छ ।

पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । घाइतेमध्ये विशालको अवस्था चिन्ताजनक रहेको ललितपुर प्रहरीले जनाएको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।