२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

बाल मन्दिरको जग्गा हिनामिनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन

बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।

नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यस प्रकरणमा यसअघि दुई तहको सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।