काठमाडौंमै अत्यधिक मत बदर

0
415

काठमाडौं, २ जेठ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताए पनि राजधानी काठमाडौंमै बदर मतको संख्या अत्यधिक पाइएको छ । हिजो मध्यान्हदेखि सुरु भएर बिहानसम्म ६११ मतको गणना भएको छ ।

काठमाडौंमा ६११ मत गणना गरिँदा ६७ मत पूर्ण बदर भएको छ भने ११९ मत आंशिक बदर भएको छ । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र चार सदस्यसहित सात जनालाई मतदान गर्नुपर्ने भएकाले मतदाता धेरै झुक्किएको बताइएको छ ।