सरकार राजपाका नेतालाई फकाउँदै, संविधान संशोधन जेठ ३१ पछि

0
430

काठमाडौं, ७ जेठ । सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गर्नु भएको छ ।

सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ । अस्ति स्थानीय विकासमन्त्री विजयी गच्छादारले फोरम नेपाल तथा राजपाका शीर्ष नेताहरुलाई बोलाई मधेसका जिल्लाका केही स्थानीय संख्या बढाउने आश्वासन दिनु भएको थियो ।

यस्तै, सरकारले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि मात्र अघि बढाउने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दोस्रो चरणको चुनाव अघि नै संशोधन पारित गराउनु पर्ने दबाब दिँदै आएपनि संशोधन अघि बढाउँदा फेल हुने स्थिति देखिएपछि सरकारले निर्वाचन अघि स्थगन गर्न लागेको हो ।

सत्तारुढ दलको प्रस्तावमा रागिष्ट्रय जनता पार्टी नेपालका नेताहरु समेत सकारात्मक संकेत दिएको छ ।