आइपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई

0
299

काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग क्रिकेटको दशौँ संस्करणको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । गए राति भएको फाइनलमा राइजिङ पुने सुपरजाइण्ट्सलाई जम्मा १ रनले हराउँदै मुम्बइले उपाधि जितेको हो ।

आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम समेत बनेको छ । १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको मुम्बईको पनि ब्याटिङ कमजोर देखिएको थियो । २० ओभरमा ८ विकेट जाँदा मुम्बईले १ सय २९ रन बनायो । पुणे जित नजिक पुगेर पनि अन्तिम एक रनले पराजित हुन पुग्यो । योसँगै पुणेको पहिलो पटक उपाधि जित्ने सपना समेत चक्नाचुर भएको छ ।