चुनावी समीक्षामा प्रचण्डले भने, ‘अरुले पीठो बेचे, हामीले चामल बेच्न सकेनौँ’

0
594

काठमाडौं, १८ जेठ । माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ। सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको माओवादी केन्द्रको निष्कर्ष छ। माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरूले स्थानीय निर्वाचनको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। अध्यक्ष प्रचण्डले सरकारले गरेका कामलाई जनस्तरमा पुर्याउन नसक्दा समस्या देखिएको बताएका छन् ।

‘ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौँ,’ बैठकमा प्रचण्डले भने, ‘अरूले गफै गरेर चर्चा बटुले, तर हामीले कामको जस पनि लिन जानेनौँ। अरूले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौँ।’ माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको प्रचण्डको भनाइ छ। ‘लोडसेडिङको अन्त्य र्गयो। उज्यालो युगको सुरुवात भयो। वर्षाैँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ। हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन्।

फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदैछ,’ उनले भने, ‘आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ। इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ। २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ। यति ठूला काम गरेर पनि हामीले जस लिन सकेनौँ।’ प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूका प्रश्न १) विगत चुनावको समीक्षा पार्टी्भित्र खोइ ? किन नगरिएको ? २) मानपदवी वितरण प्रक्रिया के हो ? यो किन विवादमा आयो ? ३) अब बन्ने सरकारमा माओवादीको सहभागिता के–कस्तो हुन्छ ? ४) पटक–पटक चुनाव मिति किन सारियो ? प्रचण्डको जवाफ माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको प्रचण्डको भनाइ छ।

‘लोडसेडिङको अन्त्य र्गयो। उज्यालो युगको सुरुवात भयो। वर्षाैँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ। हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन्। फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदैछ,’ उनले भने, ‘आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ। इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ। २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ। यति ठूला काम गरेर पनि हामीले जस लिन सकेनौँ।

अरुले गफै गरेर चर्चा बटुले। तर, हामीले कामको जस पनि लिन जानेनौं। अरुले पीठो बेचे हामीले चामल पनि बेच्न सकेनौं।’ सडकमै भेटिन्नन् भन्नेहरू तालमेल गर्न खोज्दैछन् निर्वाचनको समिक्षा गर्नैपर्छ। तपाईँहरुले उठाउनुभएको कुरा जायज छ। हाम्रो संगठनात्मक आधार खराब थियो, हाम्रा संगठनहरु बनेकै थिएनन्। पार्टी विभाजित भएर अस्तव्यस्त बनेको थियो। हामी विभाजितहरुले नै एकले अर्काेलाई विगतमा हिलो छ्याप्ने काम पनि र्गयौँ।

यसले पनि हाम्रो इतिहासलाई धुमिल बनाएको थियो। तर, केही समययता हामीले विभाजित माओवादी एक बनाएका छौँ। तर, पनि संगठनात्मक समस्या हल भएका थिएनन्। यस्तो अवस्थामा हामी चुनावमा गएका थियौँ। हामीलाई कतिपयले असाध्यै होच्याउने र सडकमा अब माओवादी भेटिन्ननसम्म भनेका थिए। पत्तासाफ नै हुन्छ भन्नेहरू पनि थिए। हाम्रो जित–हार जे भए पनि हामीलाई कसैले परास्त गर्न सकेनन्। सडकमै भेटिन्न भन्नेहरू अहिले चुनावी तालमेल गर्न, माओवादीको चुनाव चिह्नमा चुनाव लड्न खोजिरहेका छन्। यसले पनि देखाउँछ हामी निरास भइहाल्नुपर्ने अवस्था छैन।