२०८३ बैशाख ७ गते सोमबार
२०८३ बैशाख ७ गते सोमबार

बस्नेत र राईको मुद्दाबारे देउवाले भने- राजनीतिमा यस्तै हुन्छ, ठूलो अर्थमा लिनु हुँदैन

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।

आज (शनिबार) बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराए । उनले भने, ‘उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो । त्यो विषयमा सभापति ज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं भन्ने कुरा राख्नु भयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौं भन्नु भयो ।’

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको र कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि उनले बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।