२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

काठमाडौं । रसुवाबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका–१ बाट साढे सात किलो सुनसहित एक जना पक्राउ परेका हुुन् । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे सात किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिएका छन् ।

उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार तस्करीको सुन बरामद गरेर अहिले यकिन तौल लिने काम भइरहेको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीले कडा निगरानी बढाएपछि उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।