सरकारमा जान एमालेको दौडधुप,नेता पाण्डे भन्छन् एमाले सरकारमा जान्छ !

0
270

काठमाडौ २२ जेठ ।नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेकोे बताउनुभएको छ ।

एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेको छ । तर अहिले चयन हुन लागेको बहुमतीय सरकारमा भने नजाने उहाँले बताउनुभयो ।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना सुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिँदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाउनुभयो ।निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भए पनि एमाले अदालतको निर्णयको पखाइमा रहेको उहाँले बताउनुभयो ।

एमालेले गरेको संसद् अवरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदै उहाँले एमालेले प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुनुअघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजना कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउनुभयो । केन्द्रीय विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि तत्काल उद्योग स्थापनालगायतका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।