२०८३ जेष्ठ ४ गते सोमबार
२०८३ जेष्ठ ४ गते सोमबार

माओवादीमा भित्रिए गंगानारायण, सचिवको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा सोमबार दिउँसो दुई पार्टीबीच पार्टी एकता घोषणा भएको हो। एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन्। एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए।

समायोजन भएका गंगानाराण श्रेष्ठलाई केन्द्रीय सचिव र अन्यलाई सम्मानजनक रूपमा संगठनमा जिम्मेवारी दिइनेछ सहमति पत्रमा उल्लेख छ। २०७२ सालमा डा. बाबुराम भट्टराई माओवादीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, संघीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । तर, गंगानारायणसहितका नेता बाबुरामको नेसपाबाट पनि अलग भएका थिए।

नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन्।माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन्। उनीसहित प्रदेश सभाका दुई सांसद पनि माओवादीमा बिलय भएका छन्। उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।