२०८३ बैशाख ८ गते मंगलवार
२०८३ बैशाख ८ गते मंगलवार

माइतीघर मण्डलामा यातायात व्यवसायीको प्रदर्शन, गाडी नचल्दा समस्यामा यात्रु

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न सात बुँदे माग राखी आज (आइतबार) काठमाडौं माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन्।

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन्। सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन्। सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।

यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण सर्वसाधरण यात्रु समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन्। शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा पुगेका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कर्टिङमा पर्यटक र स्कुल बसमा मुग्लिन पठाइएको छ। पोखरा बाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।