२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

चल्न थाले सार्वजनिक यातायात, बढ्न थाल्यो चहलपहल

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा आएको छ । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्तामा सहमति जुटेसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् । राइड शेयरिङ नियमावली खारेजीको माग गरेर यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशभरि गुड्ने सार्वजनिक यातायात बन्द गरेका थिए । काठमाडौं उपत्यकामा गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।