२०८३ असार ३२ गते बिहीबार
२०८३ असार ३२ गते बिहीबार

माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाले गरे फोन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोनवार्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन्। उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको स्रोतले जानकारी दिएको छ। प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए।

संसद भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन्। ‘देउवाजीले हिजो फोन गर्नु भएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परें ।’ फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताएका छन्। ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनें। उहाँलाई पनि थाहा नभएको बुझें मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझें ।’

पतञ्जली योगपीठ तथा आयुुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री ‍नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो। यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। उनीमाथि १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।