२०८३ जेष्ठ ७ गते बिहीबार
२०८३ जेष्ठ ७ गते बिहीबार

कालोपट्टी बाँधेर कर्मचारीहरूले थाले देशव्यापी आन्दोलन

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्।

यस आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ ले गरिरहेको छ।

उक्त समितिमा एमाले निकट नेपाल कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च सहभागी छन्।

जेठ २० गते अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संघीय निजामती सेवा ऐनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आजदेखि अर्को निर्णय नभएसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।