एमालेका सांसद गोकुल बास्कोटाले पछिल्ला दिनहरूमा चर्चामा रहेको भिषा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रति व्यङ्ग्य गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले रास्वपाका नेताहरूको भूमिकाप्रति कटाक्ष गर्दै नयाँ ट्विस्ट आए आश्चर्य नमान्न चेतावनीसमेत दिएका छन् ।
बास्कोटाले लेखेका छन्, ‘भिजिट भिषामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरू रातभरी काँग्रेस नेताका पिंडीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान् ।’
उनले थप लेखेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौँ है ।’
